गण्डकीमा बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की, पर्वत र तनहुँ

11 September, 2019 15:48 |गण्डकी प्रदेश , प्रदेश | comments | 4050 Views

    गण्डकी प्रदेशमा सबैभदा बढी भ्रष्टाचारको उजुरी पर्ने जिल्लामा कास्की पहिलो, पर्वत दोस्रो र तनहुँ स्थानमा रहेका छन् । त्यसपछि क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर छन् ।

    adsads

    कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभरि कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा कास्की, पर्वत र तनहुँ भ्रष्टाचार हुने पहिलो, दोस्रो र तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।

    ती जिल्लामा भ्रष्टाचारजन्य सात उजुरीमध्ये चार स्थानीय तहमा, दुई भौतिक पूर्वाधारतर्फ र एक शिक्षातर्फ रहेका छन् । स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।

    सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।

    त्यस्तै भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ । शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन् ।

    स्थानीय तहमा निर्वाचित भएर आएपछि देशभर जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले जानकारी दिनुभयो । जनप्रतिनिधिविरुद्ध उजुरी बढेकाले कानूनको अधिनमा रहेर मात्रै काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । “यथेष्ट प्रमाण पाए जनप्रतिनिधिलाई पनि कारवाही हुन्छ”, उहाँले भन्नुभयो ।

    आयुक्त डा गुरुङले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो । मानसिकताबाटै भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचार न्यूनीकरण गर्न कठिन रहेकाले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा सबैले सहयोग पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

    भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार गर्नेलाई धमाधम गिरफ्तार गरिएको छ : प्रम ओली

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!