गण्डकी प्रदेशको ३२ अर्ब १३ करोड रुपयाँको बजेट

16 June, 2019 22:50 |गण्डकी प्रदेश , प्रदेश | comments | 21150 Views

    गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गर्नुभएको हो ।

    adsads

    बजेटमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । प्रदेश सरकारले ३ अर्ब २७ करोड ७५ लाख राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, रोयल्टीबाट ४० करोड आउने अनुमान छ ।

    चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ८० करोड उपयोग गर्दा पनि १ अर्ब ९८ करोड ८३ लाख ९२ हजार अपुग हुनेछ । जसमध्ये ९८ करोड ८३ लाख ९२ हजार आन्तरिक र बाँकी १ अर्ब संघीय सरकारबाट ऋण लिइने बजेटमा उल्लेख छ ।

    बजेटमा चालु आवमा निर्णय सुरु भएका सडक र पुललाई क्रमागत रुपमा निर्माण गर्दै लैजान ८ अर्ब १८ करोड छुट्याइएको छ । मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारी आवास निर्माण यसै वर्ष सुरु गर्ने गरी १ अर्ब ७० करोट बजेट विनियोजन गरिएको छ ।

    यस्तै निर्वाचन क्षेत्र पूर्वाधार जिकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!