प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण

  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण
  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण
  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण
  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण
  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण
  • प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण

गण्डकी प्रदेशद्वारा प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल

18 July, 2019 10:20 | गण्डकी प्रदेश , प्रदेश | comments | 15150 Views

 प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो ।

adsads

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै समयसापेक्ष पूर्वाधारमा पनि सहयोग गर्ने धारणा राख्नुभयो । संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने धारणा राख्नुभयो ।

प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी दिनुभयो । प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशको ३२ अर्ब १३ करोड रुपयाँको बजेट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल हस्तान्तरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!