गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप
गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।
सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।”
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।
सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । निर्देशक शर्माले भन्नुभयो, “अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुुनुपर्दछ ।”
तपाईंको प्रतिकृया
ताजा समाचार
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
- आफूलाई राष्ट्रपति पदको लोभमा मुछेकामा वरिष्ठ नेता पौडेलको आपत्ति
- सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


