गण्डकी प्रदेश सरकारको पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक
गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक गर्नुभएको हो ।
आधारपत्रमा अल्पकालीन लक्ष्य २०७६-७७ देखि २०८०-८१, मध्यकालीन लक्ष्य २०७६-७७ देखि २०८७ र दीर्घकालीन २०७६-०७७ देखि २१०० सम्मका लागि समृद्धिका मुख्य सूचकहरु निर्धारण गरिएको छ । ३२ वटा सूचकको पहिचान गरी राष्ट्रिय लक्ष्य र गण्डकी प्रदेशले हासिल गर्ने लक्ष्यलाई उल्लेख गरिएको छ ।
आधारपत्रमा प्रतिव्यक्ति कूल राष्ट्रिय आय प्रदेशको आधार वर्ष २०७५-७६ मा एक हजार ४३ अमेरिकी डलरबाट दीर्घकालीन आर्थिक वर्ष २१०० सम्म १५ हजार ७२९ डलर पुर्याउने लक्ष्य राखेको छ । कृषिमा २८.२ बाट ८.५, उद्योगमा १४.२ बाट ५२.२, विद्युत्मा पहुँच ८२.५ बाट १०० मा पुर्याउने, त्यसैगरी पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २९ बाट एकमा झार्ने, बेरोजगारी दर नौबाट एकमा झार्ने, साक्षरता दर (१५ वर्षमाथि) ५५.६ बाट दीर्घकालीन लक्ष्यमा ९९.५ मा पुर्याउने लगायतका उल्लेख छन् ।
उत्पादन र उत्पादकत्व वृद्धि गरी वार्षिक औसत १० प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्ने र विसं २१०० सम्म विकसित राष्ट्रसरह उच्च आय भएको समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित आगामी २५ वर्षसम्म प्रदेशको विकास निर्माणमा दिशानिर्देश गर्ने अपेक्षा आधारपत्रमा उल्लेख गरिएको छ ।
आधारपत्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना, नेपाल सरकारले तय गरेका दीर्घकालीन लक्ष्य, अन्तर्राष्ट्रियस्तरमा जनाएका प्रतिबद्धता, दिगो विकास लक्ष्य, नेपाल पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि सम्झौता प्रदेश नागरिकको विकासको चाहना, निर्वाचित जनप्रतिनिधि विज्ञ तथा विभिन्न सरोकारवालाले दिएका सुझाव र प्रदेश सरकारले शुरुआती वर्षमा घोषणा गरेका रुपान्तरणकारी नीति र कार्यक्रमलाई आधार मानेर तयार गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
आधारपत्रमा प्रदेश समृद्धिका लागि सात मुख्य संवाहक पर्यटन, कृषि, ऊर्जा, उद्योग, भौतिक, पूर्वाधार, मानव संसाधन र सुशासनको मार्ग पहिचान गरिएको छ । त्यसैगरी पाँच सहयोगी क्षेत्रमा प्राकृतिक सौन्दर्य, जैवक विविधता, सामाजिक विविधताबीच एकता, सांस्कृतिक सम्पन्नता, सहअस्तित्व र पहिचान, जनसाङ्ख्यिक लाभ उल्लेख गरिएको छ । योजना अवधिमा कूल रु १० खर्ब १२ अर्ब २५ करोडको प्रक्षेपित लगानी उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशमा आर्थिक वर्षमा ५८.१० प्रतिशत रकम खर्च
तपाईंको प्रतिकृया
ताजा समाचार
- कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा
- प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
- पुस ४ गते संसदको हिउँदो अधिवेशन आव्हान
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
- २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
- साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता
- गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !
- साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले
- बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग
- बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण
- अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा
- काठमाडौँमा मागेर गुजारा चलाउने काम तीनदिनभित्र बन्द गर्न चेतावनी
- विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’
- रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते
- ‘अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार’
- मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री
- स्वर्ण जित्ने लक्ष्य पूरा नभएपछि पदमा बसिरहन मन लागेन : खड्का
- राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै
- जापान लैजाने कामदार छनोटबारे सरकार गुमराहमा, सीप परीक्षाको नतिजा गोप्य
- काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


