गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना

5 December, 2016 21:02 |जन सरोकार | comments | 57900 Views

    सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर दोलखा  सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

    जिल्लाको उत्तरी लादुक गाविस–५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित सित्का नजिक दुर्घटना हुँदा नीता, श्रीमान् दिपेश र जेठानी सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

    adsads

    दुर्घटनालगत्तै उद्धार गरेर सदरमुकाम ल्याइएकी नीताको राति नै सुत्केरी गराइसकिएको र आमा र शिशुको अवस्था सामान्य रहेको चरिकोट अस्पतालले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!