गर्मीका कारण जापानमा तीन जनाको मृत्यु गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु
  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु
  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु
  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु
  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु
  • गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

28 May, 2019 14:42 | जापान | comments | 94050 Views

गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

बढ्दो गर्मीका कारण सोमबार जापानमा तीन जनाले ज्यान गुमाएका छन भने १० जना भन्दा बढी विद्यार्थी अस्पतालमा भर्ना भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा मिटो इबराकी प्रान्तकी ४२ वर्षीय महिला, हाईनु साइतामा प्रान्तकी ८८ वर्षीय वृद्धा र ओशु इवाते प्रान्तकी ९० वर्षीय वृद्धा रहेका छन् ।

adsads

जापानी मौसम बिज्ञान विभागका अनुसार जापानको टोकियोमा तापक्रम ३० डिग्री मापन गरिएको छ जुन टोकियोमा मे महिनाको उच्चतम तापक्रम हो । देशका ४०० ठाउँमा तापक्रम ३० डिग्री भन्दा बढी पुगेको मौसम विभागले जनाएको छ । जसमा कुमगाया साइतामा ३६.२ डिग्री सेल्सियस, इसेसाकीको गुन्मा प्रान्तको तापक्रम ३६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै होक्काइदो र सारोमा नगरमा तापक्रममा वृद्धि भएको छ । होक्काइदोको तापक्रम ३५.८ डिग्री सेल्सियस र सारोमा नगरको तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको छ जुन प्रान्तको अहिले सम्म उच्चतम तापक्रम र जापनको मे महिनाको उच्च तापक्रम हो ।

गर्मी बढेसंगै होक्काइदो रेल्वे कर्पोरेशनले सोमबार १०० भन्दा बढी रेल सेवा बन्द गरेको थियो ।

गर्मीका कारण ६५ जनाको मृत्यु, २२ हजार भन्दा बढी अस्पताल भर्ना प्राकृतिक विपत्तिको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!