गल्कोट समाजको तीज कार्यक्रममा खुमन र कलाले धमाका मच्चाउने

14 August, 2019 14:19 |जापान | comments | 34350 Views

    नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा गल्कोट समाज जापानले नेपालका चर्चित कलाकार खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकीको उपस्थितिमा तीज बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा तथा जापानमा रहेर सांगीतिक क्षेत्रमा निरन्तर लागिरहनु भएका कलाकारको सांगीतिक प्रस्तुति रहने छ ।

    adsads

    हरेक वर्ष तीज पर्वको अबसरमा कार्यक्रम गर्दै आईरहेको समाजले यस बर्षको कार्यक्रम टोकियोको नाकानो जेरो हलमा सेप्टेम्बर २ तारिक दिनको ४ बजेबाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए ।

    जापानमा हाल कैयौ संघसंस्थाले तीज कार्यक्रम गर्दै आए पनि गल्कोट समाज जापानले बिगत २००६ देखि नै बिभिन्न प्रकारका तीज कार्यक्रम गर्दै आईरहेको छ ।

    जापानमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई यस्ता पर्वहरुमा प्रदेशमा रहेको महशुस् नहोस् एक अर्कामा भेटघाट भई दुखसुख साट्ने साथै मनोरन्जन लिने बातावरण मिलोस् भन्ने उदेश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको र यस कार्यक्रमबाट भएको मुनाफा सामाजिक कार्यका लागि खर्चने पनि संयोजक साहनीले जानकारी दिए ।

    गल्कोट स्पोर्ट्स क्लव टोकियो तीज कार्यक्रमको सहआयोजकका रुपमा रहेको कार्यक्रममा जापानमा रहने सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढ़ाई दिनुहुन तथा मनोरन्जन लिन अनुरोध गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’

    फेसबुक

    ‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!