गल्कोट समाज जापानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

23 April, 2013 19:16 | जापान | comments | 55950 Views

टोकियो- नेपाली नयाँ बर्षको अबसरमा गल्कोट समाज जापानले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ओमोरीको काठमाडौ किचेन रेष्टुरे्न्टमा हिजो अर्थात सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा जापान भ्रमणमा रहनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सी प्रमुख अतिथि रहनुभएको थियो भने सभापति गल्कोट समाज जापान टोकियो क्षेत्रिय समितिका अध्यक्ष केअर सिंह बस्नेत रहनु भएको थियो ।

  

 


प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सीले नेपाली नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभयो । केसीले देशको अहिलेको राजनितिक अवस्था अस्थिर भएको बताउदै आउदो मंसिर सम्ममा चुनाब हुनु पर्ने बताउनु भयो । साथै मंसिरमा चुनाब हुन नसकेमा देश अझ राजनितिक संकटमा जाने विचार समेत ब्यक्त गर्नु भयो । यसै गरि संघियताको प्रसंगमा मुलुकमा अहिले संघियताको आवश्यकता नरहेको पनि केसीले स्पष्ट पार्नु भयो ।

 


शुभकामना मन्तब्य राख्ने अतिथिहरुमा गलकोट समाज जापानका केन्द्रिय उपाध्यक्ष पम बहादुर खत्रि, एन डि एफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, जनसम्पर्क समिति कान्तो क्षेत्रका अध्यक्ष प्रेम प्रसाद कंडेल, एन आर एन का प्रतिनिधि बुद्दिराज घिमिरे,गुल्मी समाज जापानका अध्यक्ष शालिक राम भण्डारी,डिबिए मानबीय सेबा समितिका अध्यक्ष ईश्वर अधिकारी,एन डि एफ जापानका सल्लाहकार सुर्य पाठक ,नेपाली जनसंपर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ लगायत रहनु भएको थियो । कार्यक्रममा नेपालको वर्तमान राजनैतिक अवस्था र समसामयिक विषयमा पनि छलफल भएको थियो ।

 
उक्त कार्यक्रममा स्वागत मन्तब्य समाजका महासचिव तेजेन्द्र थापाले गर्नुभएको थियो भने संचालन गल्कोट समाजका केन्द्रिय सदस्य तथा लोकप्रिय गायक गर्नुभएको थियो ।

 

सोही अवसरमा राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यालय निर्माणका लागि संकलित रकम जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सीलाई हस्ताण्तरण गरियो । सहयोग गर्ने दाताहरुमा शालिकराम सापकोटा-११७०००,नीम खड्का- ५८५००,राम प्रसाद पाण्डे-५८५००,नेत्र पहादुर बिष्ट- १००००, केअर सिह बस्नेत, दुर्गा सापकोटा १००००, गमन सिंह दुढाथोकी-१००००, नबिन निउरे,११०००,तेजिन्द्र बहादुर थापा- ५०००, कालिका थापा- ५००००,डा. सुर्य पाठक- ५०००, बलराम श्रेष्ठ- ५०००, बलराम सापकोटा-५०००, शालिकराम कंडेल- ५००००,जय बहादुर कार्की- ५०००, पदम बहादुर बुढाथोकी- ५०००,राजु बस्नेत- ५०००, बुद्दिमनि कंडेल रहनुभएको छ ।

 
उक्त कार्यक्रममा टोकियो क्षेत्रमा रहनुभएका नेपाली दाजु भाई दिदि बहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More