गल्कोट समाज जापानले सांगीतिक धमाका गर्ने

2 December, 2019 14:57 |जापान | comments | 3750 Views

    गल्कोट समाज जापानले अग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा सांगीतिक धमाका गर्ने भएको छ । हरेक वर्ष कुनै न कुनै सामाजिक कार्य गर्ने उद्देश्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनि स्वास्थ्य क्षेत्र र शैक्षिक क्षेत्रमा सहयोग गर्ने महान उद्देश्य लिएको छ ।

    adsads

    हरेक नयाँ वर्षमा कार्यक्रम गर्दै आएको समाजले कार्यक्रमलाई ब्यबस्थित गर्न मुलआयोजक समिति सहित बिभिन्न उपसमिति बनाएर तीब्र रुपमा तयारीमा जुटेको गल्कोट समाज जापानका महासचिव कृष्ण केसी ले जानकारी दिनु भयो । कार्यक्रमका लागि मुल आयोजक समिति संयोजक विजय भण्डारी, प्रचार प्रसार समिति संयोजक कृष्ण केसी, आर्थिक समिति संयोजक कृष्ण केसी कलाकार व्यवस्थापन समिति संयोजक भीम क्षेत्री, अतिथि सम्मान समिति संयोजक कालिका थापा रहनु भएको छ ।

    नेपालका ख्याति प्राप्त कलाकारहरु बिष्णु खत्री, देबी घर्ती, दुर्गेश थापा र नविन रानाको बेजोड प्रस्तुती रहने सांगीतिक धमाका डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियोमा हुने छ ।

    जापानमा गर्विलो इतिहास बोकेको गल्कोट समाज जापान स्थापनाकालदेखि नै देशका बिभिन्न भागसंगै गल्कोट क्षेत्र तथा जापानमा पनि भैपरी आउदा अग्र स्थानमा रहेर सामाजिक कार्य गर्दै आइरहेको छ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More