गल्फमा नेपाललाई दुई स्वर्ण- पाँच हजार मिटर दौडमा गोपीचन्द्रले दिलाए स्वर्ण

6 December, 2019 18:38 | खेल | comments | 6600 Views

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।

adsads

सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गर्नुभएको छ । उहाँले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जित्नुभएको हो ।

यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ हुनुहुन्छ ।

यसै गरी शुक्रबार सागको ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण हासिल गर्नुभयो । सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गर्नुभयो । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More