गाउँमा एउटै व्यक्ति १२ औँ पटकसम्म मुखिया बनेपछि…

17 January, 2015 20:35 | क्षेत्रीय समाचार , सुदुर पश्चिमाञ्चल | comments | 45000 Views

कञ्चनपुरको कृष्णपुर–२ वाणी मुक्तकमैया शिविरमा लवारीराम चौधरी १२ औँ पटक गाउँको भलमन्सा (मुखिया) चुनिनुभएको छ । भलमन्साले गाउँका झैझगडा मिलाउने, श्रमदान गर्न गाउँलेलाई एक जुट बनाउनेलगायत सबैखाले सामाजिक काममा लाग्नुपर्ने परम्परा रहेको वाणीका स्थानीय तुलसीराम चौधरीले जानकारी दिनुभयो ।

थारु समुदायले माघी पर्वलाई छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने गर्छन् । भलमन्सा चुनिएसँंगै लवारीरामले गाउँमा डाकेको पहिलो बैठकमा गाउँमा जाँडरक्सी खाएर होहल्ला गर्नेलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गर्ने निर्णय गर्नुभएको छ ।

भलमन्साको कार्यकाल एक वर्षको हुनेगर्छ । त्यसैगरी माघी पर्व अर्थात् थारु समुदायको नयाँ वर्षको अवसरमै वाणी शिविरको थारु समुदायले सीताराम चौधरीलाई गुरुवा (झाँक्री) र रामबहादुर चौधरीलाई चौकीदारमा चुनेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More