गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइपछि छायो खुसियाली
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् ।
गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न पाउँदा सानैदेखिको रुचि र इच्छा पूरा भएको विद्यार्थी आयुष आचार्यले बताउनुभयो । “इलेक्ट्रिकल पढ्ने मेरो सानैदेखिको रुचि थियो”, उहाँले भन्नुभयो, “गाउँकै स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ ।” प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकामा कक्षा ९ की छात्रा आयुषा हर्मेलले खुशी व्यक्त गर्नुभयो । यसअघि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौँ र चितवन जानुपर्ने थियो ।


इलेक्ट्रिकल इञ्जिनीयरिङ जलविद्युत् र विद्युत् आयोजनासँग सम्बन्धित छ । यो विषय व्यवहारिक र रोजगारमूलक हो । कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनीयरिङ पढ्न पाउँछन् । नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ । साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनीयरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इञ्जिनीयरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ । ४८ जनाको कोटा भएको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका प्रअ ओमकार पौडेलले बताउनुभयो ।
“कोरोना महामारीको जोखिमका कारण यस वर्ष पालिका बाहिरका विद्यार्थी आउन सकेनन्”, उहाँले भन्नुभयो, “अर्को वर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौँ ।” कक्षा ११ उत्तीर्ण गरेपछि डिप्लोमा इन इञ्जिनीयरिङसरह र १० उत्तीर्ण गर्नेले टेक्निसियनसरहको योग्यता पाउँछन् । शिक्षा मन्त्रालयले यस वर्ष एक प्रशिक्षक र एक सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराएको छ । प्रतिकक्षा दुईका दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराउने नीति छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवनलगायत पूर्वाधार निर्माण शुरु गरेको उहाँले बताउनुभयो । प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ । विसं २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थायी स्वीकृति पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम
- नगरकोटबाट अस्ताउँदै गरेको सूर्य
- १० जना एसएसपीलाई दज्र्यानी चिह्न प्रदान
- नेताहरुका कारण देश मुठभेडतर्फ जाने खतरा बढ्यो अध्यक्ष थापा
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


