गाडी चलाउँदा फोन चलाएको आरोपमा कारबाहीमा परे डेभिड बेकह्याम
विश्वमा सबैभन्दा बढी रुचाइएका स्टाइलिस फुटबल खेलाडी डेभिड बेकह्याम कारबाहीमा परेका छन् । उनले गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गरेपछि छ महिनासम्म सवारी चलाउन प्रतिबन्ध लगाइएको छ ।
ब्रिटेनमा सवारी चलाउँदा फोन समात्ने कामलाई गैरकानुनी मानिन्छ । यद्यपि नसमातीकन ह्यान्डसफ्री उपकरणमार्फत् बोल्न भने पाइन्छ । नियम उल्लङ्घन गरे लाइसेन्समा छ अङ्कको कारबाही गरिन्छ र २०० पौन्ड जरिवाना तिर्नुपर्छ । तर घटनाको प्रकृति हेर्दै दोषीलाई अदालतमा झिकाएर थप जरिवाना तिराउन सकिन्छ ।


इङ्ग्ल्यान्डका राष्ट्रिय फुटबल टोलीका भूतपूर्व क्याप्टेन बेकह्यामले सन् २०१८ को नोभेम्बर २१ मा सेन्ट्रल लन्डनमा आफ्नो बेन्ट्ली कार चलाउँदै गर्दा फोन प्रयोग गरेका थिए ।
अदालतका अनुसार गाडी चलाउँदा उनले फोन उठाएको तस्बिर एक व्यक्तिले खिचेका थिए । यसअघि पनि तीव्र गतिमा गाडी चलाएकाले बेक्ह्यामलाई कारबाही गरिएको थियो ।
गाडी चलाउँदा फोन चलाएको प्रमाणित भएकाले ४४ वर्षीय बेकह्यामले त्यसबापत ७५० पौन्ड स्टर्लिङ जरिवाना पनि तिर्नुपर्नेछ । त्यस्तै अभियोजन प्रक्रियामा भएको खर्चका लागि १०० पाउन्ड र अतिरिक्त ७५ पौन्ड तिर्नुपर्नेछ ।
अदालतका अनुसार बेक्ह्यामले घुँडाको तहमा हातमा राखिएको फोन चलाएको देखिएको थियो । अभियोजनकर्ता म्याथ्यू स्प्र्याटका अनुसार सीधा अगाडि हेरेर सडकमा ध्यान दिनुको साटो उनले तलतिर ध्यान दिए ।
बिबिसिका अनुसार बेक्ह्यामको पक्षमा वकालत गरेका जेर्राड टिरेलका अनुसार सोधिएका प्रश्नमा बेक्ह्यामले उक्त दिन वा घटनालप सम्बन्धमा आफूलाई कुनै सम्झना नभएको बताएका थिए ।
टिरेलले अदालतमा बेक्ह्यामले गाडी चलाउनुलाई फुर्सदको आनन्ददायी काम मानेको बताएका थिए । उनी भ्याएसम्म आफ्ना सन्तानलाई विद्यालयसम्म पुर्याउन र ल्याउन जान्छन् । उनीहरू त्यस अवसरबाट वञ्चित भए पनि सजाय स्वीकारेका छन् ।
डेभिड बेकहृयाम फुटबल खेल्न सल्लाघारीबाट टेम्पो चढेर टौमदी पुग्ने
तपाईंको प्रतिकृया
ताजा समाचार
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


