गाम्बियाबाट युरोप जान लागेका आप्रवासी चढेको डुङ्गा दुर्घटना : ५८ जनाको मृत्यु

5 December, 2019 19:27 | विश्व समाचार | comments | 18750 Views

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ । गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुङ्गामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ ।

adsads

यस डुङ्गामा महिला र बालबालिका पनि सवार थिए । डुङ्गा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारी लाउरा लुंगारोटीले बताउनुभयो ।

उहाँले डुङ्गामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएकाहरु एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको जानकारी दिनुभयो । उहाँले कम्तीमा ८३ जना आप्रवासीहरु पौडिएर तटीय इलाकामा निस्कन सफल भएको बताउनुभयो । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

पौडिएर बाँच्न सफल भएकाहरुले आफूहरु गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएका छन् । यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन । हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन् ।

अफ्रिकाको सानो मुलुक गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ ।

गाम्बियामा करिब २२ वर्ष शासन गरेका पूर्व राष्ट्रपति याह्या जम्माहको शासनकालमा मुलुकको अर्थतन्त्र चौपट भएको र युवा बेरोजगारी बढेको थियो । जनवरी २०१७ को चुनावमा पराजित भएपछि याह्या विदेशतर्फ निर्वासित भइसकेका छन् । गाम्बियाको अर्थतन्त्र मुख्य रुपमा पर्यटनमा आश्रित छ ।

युरोप प्रवेशमा कडाई गर्न थालेका युरोपेली मुलुकहरुले गाम्बियाका नागरिकलाई पनि पछिल्लो समय युरोप प्रवेशमा कडाई गरेका छन् । उनीहरुले अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरुकै देश फर्काउन थालेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More