नारायणमान बिजुक्छेनारायणमान बिजुक्छे

  • नारायणमान बिजुक्छे
  • नारायणमान बिजुक्छे
  • नारायणमान बिजुक्छे
  • नारायणमान बिजुक्छे
  • नारायणमान बिजुक्छे
  • नारायणमान बिजुक्छे

गुठीको जिम्मा प्रदेश वा स्थानीय सरकारलाई देउ : बिजुक्छे

25 June, 2019 00:40 |राजनीति | comments | 13800 Views

    नारायणमान बिजुक्छे

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको सोमबार उद्घाटन गर्दै उहाँले नेपालका गुठी जग्गा लथालिङ्ग अवस्थामा रहेकाले यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

    adsads

    जनप्रतिनिधिले जनताको मतलाई अप्ठ्यारो हुने गरी काम गर्न नहुनेमा जोड दिँदै उहाँले किसानहरूबीच समानता ल्याउन किसानलाई मोहियानी हक दिनुपर्ने उल्लेख गर्नुभयो ।बिजुक्छेले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिँदै नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीलाई समयसापेक्ष तालीम, सडकपेटी व्यवस्थापन, सफा पशु बधशाला र आदर निकेतनका लागि आवश्यक ऐन बनाउनुपर्ने औँल्याउनुभयो ।

    कार्यक्रमका सांसद प्रेम सुवालले भक्तपुरको नगरकोट–बागिश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल तथा साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएकामा जोड दिनुभयो ।

    उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन डाक्टर र इञ्जिनीयरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयको अध्ययन आवश्यक भएकाले नगरपालिकाले यी विषयका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।

    गुठी जग्गामा किसानले मोहियानी हक पाउने व्यवस्थाा गर्न बिजुक्छेको माग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नारायणमान बिजुक्छे

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!