गुठी विधेयकमा सरकार पछिहट्यो मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

13 June, 2019 16:26 | राजनीति | comments | 24900 Views

सरकारको एउटा गलत निर्णले कस्तो स्थिति उत्पन्न गर्छ भन्ने उदाहरण काठमाडौंको अहिलेको स्थितिले देखाइरहेको छ । गुठीसम्बन्धी विधेयकमा सरोकारवालाहरुको चासोलाई वास्तै नगरी दुई तिहाईको बलमा पारित गर्ने धूनमा रहेको सरकारलाई उपत्यकाबासीको आन्दोलनको सामना गर्नुपर्ने भएपछि सरकार पछि हट्ने संकेत दिएको छ ।

adsads

यसको तारतम्य मिलाउन बुधबार एकचरणको अनौपचारिक वार्ताबाट भयो । विधेयकको विरोधमा प्रदर्शन गरिरहेका काठमाडौंवासी र भूमि सुधार मन्त्रालयबीच बुधबार साँझ छलफल भएको हो ।

छलफलकै बीचमा एकजना गुठियारले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालसंग भने यो विधेयक बाँकी रह्यो भने काठमाडौं बाँकी रहन्न । हाम्रो घरघरमा विरोधको आगो बलिरहेको छ, महिला र केटाकेटी पनि तपाईंलाई भेट्न जान्छौं भन्दैथे ।

ती गुठियारको कुरामा सही थाप्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजधानीको आन्दोलन चानेचुने होइन, विधेयक परिमार्जनसहित आउनुपर्छ भन्नुभयो ।

मन्त्री अर्याललाई बुधबार आधा घन्टाका लागि भेट्न पुगेको काठमाडौं उपत्यकाका जनप्रतिनिधि र गुठियारको टोली करिब तीन घन्टा मन्त्रालयमै अडियो । विधेयकको व्यवस्थाले आफ्नो समुदायलाई पुर्‍याएको चोटबारे व्याख्या गर्‍यो ।

“धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्ने हाम्रो उद्देश्य होइन, यसलाई छलफलबाट मिलाउन सकिन्छ । कहिलेकाहीँ नजान्न त पाइयो नि ?” मन्त्री अर्यालको यस्तो कथनपछि अर्का गुठियारले भने “नजान्न पाइन्छ तर निर्णय गर्नुअघि सोध्नुपर्छ, सोच्नुपर्छ, सरसल्लाह गर्नुपर्छ ।”

छलफलकै क्रममा पहिले सडकमा सल्किरहेको आगो निभाउन विधेयक फिर्ता भएको घोषणा गर्न मन्त्री अर्याललाई आग्रह गरे । मन्त्री अर्यालले विधेयकलाई कसरी परिमार्जन गर्नुपर्छ बुँदागत सुझाव सहित आउनु सुझाव दिंदै विधेयक संसदमा गइसकेकाले अहिले नै निर्णय गरिहाल्न नमिल्ने जवाफ दिनुभयो ।

मन्त्रीले समाधान खोज्न जनप्रतिनिधिहरूसँग बस्ने चाहना व्यक्त गर्दै गुठीसँग भावनात्मक साइनो जोडिएका उपत्यकावासीको मन नदुखाउने प्रतिवद्धता जनाएर र गुठियारहरूलाई विदा गर्नुभयो ।

त्यसपछि काठमाडौं उपत्यकाका जनप्रतिनिधि र मन्त्रीसहित मन्त्रालयका पदाधिकारीबीच भएको झन्डै डेढ घन्टा छलफलले मन्त्रालयका तर्फबाट विज्ञप्ति निकाल्ने सहमति भयो ।

मन्त्रालयका प्रवक्ताले विज्ञप्ति पनि निकाले जुन यस प्रकार छ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!