गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता- कालो झण्डा देखाउन खोेज्ने तरुण दलका कार्यकर्ता पक्राउ

16 June, 2019 15:18 | राजनीति | comments | 14250 Views

व्यापक आन्दोलनको रुप लिएको गुठी विधेयक सच्याउन व्यापक दवाव सिर्जना भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा जानेर वा नजानेर धर्म-संस्कृति प्रतिकूल असर पर्ने केही कुरा परेको रहेछ भने सरकारले सच्याउने बताउनुभएको छ ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो- कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो ।

adsads
यत्ति भन्न चाहन्छु ।

जनताको भावनाविपरीत गुठी विधेयक पारित नहुने

यसैबीच युरोप भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

प्रदेश नं ३ द्वारा गुठी विधेयक फिर्ता लिन माग

प्रधानमन्त्री ओली जेठ २५ स्विट्जरल्याण्डको जेनेभा जानुभएको थियो । त्यहाँ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहलाई सम्बोधन गरेपछि उहाँ बेलायत जानुभयो । बेलायतमा रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो ।

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स जानुभएको थियो । त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभएका ओलीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलगायत पनि सहभागी थिए ।

गुठी ऐन जस्ताको तस्तै पारित भए लिच्छवीकालदेखिको लिखत निस्क्रिय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!