स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

  • स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई
  • स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई
  • स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई
  • स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई
  • स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई

20 July, 2019 14:10 | प्रदेश , प्रदेश १ | comments | 28350 Views

स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ ।नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७औं इञ्जिनीयर्स दिवसको अवसरमा उहाँले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताउनुभयो ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने विचार व्यक्त गर्नुभयो ।

  

प्रदेश सदस्य जयराम यादवले इञ्जिनीयरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो । एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, पूर्वाञ्चल इञ्जिनीयर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्वकेन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनीयर पूर्वाधार विकासका मेरुदण्ड भएको विचार व्यक्त गर्नुभयो ।

नेपालमा ५२ हजार इञ्जिनीयर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More