एनआरएनए पोर्चुगलएनआरएनए पोर्चुगल

  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल

गैर -आबासीय नेपाली संघ पोर्चुगलको ११ औं बार्षिक साधारण सभा सम्पन्न

22 September, 2016 14:12 |एन आर एन न्युज | comments | 98100 Views

    एनआरएनए पोर्चुगल

    सुनिल संगम, लिस्बनगैर -आबासीय नेपाली संघ पोर्चुगल को ११ औं बार्षिक साधारण सभा सफलता पूर्वक भब्य रुपमा सम्पन्न भएको छ | आइसीसी सदस्य रमेश कुमार गुरुङ प्रमुख अतिथि, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष तथा जनसम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पूर्ण हमाल, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नरभूपाल राई बिसेष अतिथि तथा अन्य संघ संस्थाका अध्यक्षहरु लगायत समाजसेबी ब्यबसायिहरु अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसीले गरेका थिए |

    प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरि सुरु गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा रमेश कुमार गुरुङ, नर भुपाल राई, लक्ष्मी सापकोटा, गोबिन्द पौडेल, डोलराज भण्डारी, पेम्बा गेल्बु शेर्पा, दामोदर सुबेदी, सीता बराल र धन शेर्पाले शुभ कामना मन्तब्य राखेका थिए भने उपाध्यक्ष राजन शेरचनले स्वागत मन्तब्य राखेका थिए |

    दोश्रो चरणको बन्द सत्रमा महासचिब सोम फुरी शेर्पाले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष रुपक श्रेष्ठले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए | उठेका प्रश्नहरुको चित्त बुझ्दो जवाफ पछि तालि बजाएर दुवै प्रतिबेदन पास गरिएको थियो भने आकस्मिक कोष संचालन कार्यबिधि र संसोधन बिधान पनि बार्षिक साधारण सभाले पास गरेको थियो |

    फेसबुक तथा मिडियामा आए जस्तो आर्थिक हिनाबिनाका कुनै समस्या देखिएको थिएन भने आय तर्फ ६०,८१९.०४ यूरो र खर्च तर्फ ३९,५०९.८७ यूरो र बचत २१३०९.१७ यूरो प्रस्तुत आर्थिक प्रतिबेदनमा देखिएको थियो |

    एनआरएनए पोर्चुगलले आप्रवासीहरुको हकका लागि आन्दोलन गर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए पोर्चुगल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!