गोंगवुमा नक्कली सुन सहित एकजना पक्राउ

17 September, 2019 19:19 |जन सरोकार | comments | 3300 Views

    महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले यही काठमाण्डौ महानगरपालिका १६ माछापोखरीबाट नक्कली सुन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाण्डौ ठुलोभर्याङ बस्ने बर्ष ४२ को राजकुमार बम्जन छन् ।

    adsads

    निजको साथबाट अन्दाजी १ किलो नक्कली सुन बरामद गरेको थियो । बिक्रीका लागि बार्गेनिङ भैरहेको सूचनाको आधारमा निजलाई नक्कली सुन सहित पक्राउ गरिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    त्यस्तै नागढुगा चेकपोष्टमा खटिएको प्रहरी टोलीले विर्तामोडबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसलाई चेकजाँच गर्ने गर्दा बसमा सवार जिल्ला झापा अनारमुनि ६ घर भएको वर्ष २० को शंकर राजवंशीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । निजको साथबाट साथबाट लागुऔषध ब्राउनसुगर ३०.९० ग्राम बरामद गरेको थियो । घटना सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको छ ।

    यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही भाद्र ३० गते काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ११ कपन लसुनटारबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । रामेछाप दोरम्बा गाउँपालिका ५ घरभई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ११ कपन लसुनटार बस्ने बर्ष ४२ को लालकाजी मोक्तानले टिनको टहरा निर्माण गरी अबैध रुपमा घरेलु मदिरा उत्पादन गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले अन्दाजी १४ हजार ८ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ६ हजार ७ सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

    मदिरा बनाउन प्रयोग हुने भाडाकुँडालाई महानगरीय प्रहरी प्रभाग कपन राखिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!