गोरखाको विकास बाबुरामले होइन माओवादीले गर्योः नेता श्रेष्ठ

28 October, 2017 23:13 | राजनीति | comments | 201450 Views

नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा– २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावपछि वामपन्थीको सरकार बन्ने दाबी गरेका छन् । शनिबार आयोजित कार्यक्रममा श्रेष्ठले ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्ने दावी गरे ।

adsads

गोरखाको विकास डा. बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको पनि उनले दावी गरे । ‘व्यक्तिगत रुपमा बाबुरामले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन उनले भने।

बरु गोरखामा हुनु पर्ने जति विकास नभएको भन्ने गुनासो रहेको भन्दै उनले गोरखाको विकासका लागि माओवादी चाहिने उनको भनाई छ ।

उनले चुनाव जितिन्छ भनेर ढुक्कसँग नबस्न आग्रह गर्दै सम्पूर्ण एकता, योजनावद्ध तयारी, सक्रियता भए वाम गठबन्धनको जित हुने बताए ।

यो पनि पढ्नुहोस्

बाबुराम/नारायणकाजी : कसले मार्ला बाजी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!