गोरखामा दश किलो सुन बरामद, तस्करले दिएको पाँच किलो सुनको प्रस्ताव अस्वीकार गर्ने प्रहरी पुरस्कृत

10 September, 2018 20:46 |जन सरोकार | comments | 19650 Views

    गत शनिबार चीनको तिब्बतबाट तस्करी गरेर ल्याएको १० किलो अवैध सुन समात्न सफल प्रहरी पुरस्कृत भएका छन् । सुन तस्करलाई पक्राउ गरेपछि उनलाई तस्करले पाँच किलो सुन दिने प्रस्ताव समेत गरेका थिए ।

    adsads

    समाचार अनुसार गोरखाको चुमनुव्री गाउँपालिका ३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।

    शनिबार सिर्दिवासबाट अवैध दश किलो सुनसहित ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे पक्राउ परेका थिए । छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो । पक्राउ परेका दुबैलाई सार्वजनिक गरिएको छ ।

    प्रहरीले सुनसहित पक्राउ गरेपछि उनीहरुले सिर्दिवास प्रहरी चौकीका इन्चार्जलाइ पाँच किलो सुन लिन प्रस्ताव गरे । तर, सेनले अस्वीकार गरेपछि बरामद भएको सबै सुन लैजानुस् तर, हामीलाई छाड्नुस् समेत भनेका थिए । तर, सेन नेतृत्वको प्रहरी टोलीले सुनसहित पक्राउ गरेर सदरमुकाम ल्यायो ।

    गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

    प्रहरीकाअनुसार चीनको तिव्वत स्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्‍याइदिन भनेका रहेछन्

    उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्‍याए वापत नगद ५० हजार पाउने सहमति थियो ।

    उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । चेकजाँचका क्रममा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो । उनीहरुबाट १० किलो सुन बरामद भयो ।

    सुन तस्करी प्रकरण : थप छानबिन सिआइबीलाई दिन सिफारिस

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!