गोली लोड रहेको पेस्तोल सहित लाखौंका अवैध सामान बरामद

6 December, 2019 21:01 | जन सरोकार | comments | 8250 Views

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित लच्का भन्ने स्थानबाट एपीएफ टोलीले मंसीर २० गते पाँच राउण्ड गोली लोड अवस्थामा रहेको एउटा पेस्तोल बरामद गरेको छ ।

सोही स्थानमा रहेको भिट्टामोड जलेश्वर सडकखण्डको रातु खोलाको पुलको पूर्वतर्फ खरघारीबाट ७.६५ एमएम लेखेको उक्त पेस्तोल तथा सोको पाँच राउण्ड गोली र एक थान म्याग्जीन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

adsads

एपीएफ टोलीले बरामद पेस्तोल तथा गोली र म्याग्जीन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।

यसै गरी बाँके जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट मंसीर २० गते एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो ।

उता कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंसीर २० गते एपीएफ टोली र नेपाल प्रहरीले करीव तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ ।

लु २ च ६०३० नम्बरको बलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त प्याज सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो ।

त्यस्तै रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ ।

बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More