गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने प्रचण्डको घोषणा

27 December, 2019 17:02 | खेल | comments | 42600 Views

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताउँदै भन्नुभयो, “रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्ने गरी गुणस्तरीय काम गर्नुहोस्, हामी तपाईंकै साथमा छौँ ।” उहाँले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताउनुभयो ।

  

रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उहाँले प्रतिक्रिया दिनुभयो । सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो । उहाँले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गर्नुभयो ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More