गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण स्थगित(विज्ञप्ति सहित)

30 May, 2019 16:37 | खेल | comments | 27000 Views

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका वडा नं १५ रामपुर शान्तिचोकमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेटस्थल स्थगित गरेको छ । बुधबार स्थानीयले डोजर लगाएर फाउण्डेसनको बार भत्काइदिएपछि रङ्गशाला निर्माण स्थलमा उचित कार्य वातावरण सिर्जना नभईन्जेल सम्मका लागि निर्माण स्थगित गरिएको फाउण्डेसलने एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

adsads

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलद्वारा जारी विज्ञप्तीमा अत्यन्त उत्साहका साथ बनिरहेको परियोजनामा केही उच्छृङखल समूहबाट डोजर प्रयोग गरी तहस नहस बनाइएको भन्दै त्यसकार्यको घोर भत्सर्ना गरेका छन् ।

त्यस्तै विज्ञप्तिमा यसबाट पर्न गएको असुविधा प्रती सम्पुर्ण सहयोगी मनहरु, शुभचिन्तक लगायत आम नेपालीहरुमा क्षमाप्रार्थी गरेका छौ विज्ञप्तिमा उल्लेख छ। बुधबारको घटनाबाट कार्यवातावरण, कर्मचारी, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भिर परिस्थिति श्रृजना भएको भन्दै सो सम्बन्धमा स्थायी समाधान र कार्यावातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए । उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।

विज्ञप्ति:

विज्ञप्ति

पक्राउ परे रंगशालाको बार भत्काउने नेकपाका नेतासहित १६ जना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!