गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता

7 April, 2021 23:58 | जापान | comments | 12000 Views

कविकिरण न्यौपाने, नागोया

हाँस्य कलाकार दम्पत्ति धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माणण कार्य भैरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

  

रंगशाला निर्माणमा आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन लागिएको प्रतियोगिताको आयोजना गर्न लागिएको गल्कोट समाज जापान, क्षेत्रीय समिति नागोयाले जनाएको छ ।

गल्कोट समाज जापान, नागोयाको क्षेत्रीय अध्यक्ष रामु थापाकाजीको अध्यक्षता गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, संरक्षक मोहन खत्री लगायत अधिकांश केन्द्रीय र क्षेत्रीय समितिका पदाधिकारीहरुको भेलाले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

दोश्रो संस्करणको यो प्रतियोगिता अप्रिल २७ तारिक मंगलवारका दिन मियूसि स्पोर्ट कर्नरमा सम्पन्न हुने समाजका केन्द्रीय सदस्य भेषनाथ गौतमले जानकारी गराए । प्रतियोगितामा सहभागी हुने टिमलाई प्रवेश शुल्क जापानी येन चालीस हजार तोकिएको छ भने पुरस्कार राशी क्रमशः प्रथम ३ लाख येन नगद, प्रमाणपत्र, मेडल र कप, द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र, मेडल र कप साथै छुट्टाछुट्टै विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गर्ने पनि समाजले घोषणा गरेको छ ।

यस्ता प्रकारका प्रतियोगिताले एक आपसमा भावनात्मक सम्बन्ध समेत प्रगाढ हुने हुदाँ सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई सहभागी हुन गल्कोट समाज जापानका केन्द्रीय सदस्य मनोज वम मल्लले आह्वान गरेका छन् ।

प्रतियोगिताको ब्यवस्थापनको लागि मनोज के.सी. संयोजक रहने गरी खेल व्यवस्थापन समिति साथै बिभिन्न उपसमिति गठन गरी कार्य विभाजन समेत गरिएको समाजका केन्द्रीय सल्लाहकार दिपक केसीले जानकारी गराए ।

प्रतियोगिताको वचत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि पठाइने प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा गल्कोट समाज नागोया क्षेत्रीय अध्यक्ष रामु थापाकाजीले बताए ।

यसखालको प्रतियोगिताले खेलको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने पुष्टि गरेको बताउँदै जतिसक्दो सबैलाई समाज सेवामा लाग्न गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको अनुरोध गरेका छन् ।

गल्कोट समाज जापान सामाजिक कार्यमा अगाडी रहेको संस्था हो । २०५५ सालमा स्थापना भएको गल्कोट समाजको संसारभर ३० साखाहरु रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More