गौरिकाले जितिन् दोस्रो स्वर्ण- व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी

6 December, 2019 21:36 | खेल | comments | 9750 Views

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहिबार स्वर्णपदक जितेकी गौरिका सिंहले शुक्रबार अर्को ऐतिहासिक स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा गौरिकाले स्वर्ण जितेकी हुन् ।

adsads

यो पदकसंगै गौरीका दक्षिण एसियाली राष्ट्रहरूको ‘मिनी ओलम्पिक’ का रूपमा परिचित सागमा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि नेपालका कुनै पनि खेलाडीले पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेको थिएनन् ।

गौरिकाले बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी थिइन । दक्षिण एसियाली पौडीमा खास गरी भारत र श्रीलंकाली खेलाडीको दबदबा रहँदै आएको छ । तर, बिहीबार सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित नवनिर्मित हिटिङ पौडी पोखरीमा गौरिकाले बलिया राष्ट्रहरूको एकाधिपत्यलाई तोडिन् ।

गौरिकाले निर्धारित दूरी दुई मिनेट ५।०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन् । उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्। रजत पदकमा समेटिएकी भारतीय खेलाडी शिभांगी शर्माले निर्धारित दूरी पार गर्न दुई मिनेट ७.१९ सेकेन्ड समय खर्चिइन् ।

आठौँ खेलकुदमा गौरिकाको कमाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More