गौशाला नपामा माओवादी केन्द्र विजयी
महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् ।
आज(शुक्रबार) बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी हुनुभएको छ ।


शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारीदेवी महतोलाई पराजित गर्नुभएको हो भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा रमेश यादवलाई पराजित गर्नुभएको हो ।
प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ ।
त्यस्तै, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवारले चार हजार ३५५, उपप्रमुखले चार हजार ६४२ र राजपा नेपालले प्रमुखमा दुई हजार ७५३ र उपप्रमुखले तीन हजार ३९५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, गौशाला नगरपालिकाका छ वडामा नेकपा (माओवादी केन्द्र), पाँच वडामा काँग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन् ।
बीस वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधि भने युवा नै रहेकाले अब गौशाला नगरपालिकामा विकासको लहर छाउने स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
सोनमामा संघीय समाजवादी विजयी
त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार राजकुमार यादवले चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा विमादेवी साह तीन हजार ४१९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै, उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार नवलकिशोर यादवले दुई हजार ४०१ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा पुष्पाकुमारी यादवले दुई हजार ८०१ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचित राजकुमार यादव भने यसअघि पनि गाविस अध्यक्षमा निर्वाचित भई काम गरिसक्नुभएको छ ।
कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी, ११ मध्ये नौ वडामा विजयी
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाली तेलमा भारतको प्रतिबन्धका कारण ९० प्रतिशत उद्योग धराशायी
- कम्युनिष्टबाट जनताको विश्वासमाथि घात गर्ने काम भयो
- देशकै अब्बल बन्ने बाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !
- जापान भ्रमण गर्दै हुनुहुन्छ- पालना गर्नुपर्नेछ यस्ता नियम
- आठ बजेपछि बन्द गरिने रेष्टुरेन्ट तथा बारलाई दैनिक पाँच सय ८० डलर सहायता
- न्यायाधीहरुले प्रधानमन्त्री भेटेको समाचारप्रति सर्वोच्चको खेद
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई
- वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
- शनिबारको प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको आग्रह
- जापानमा कोरोना संक्रमणको एक वर्ष- एकजनाबाट तीन लाखभन्दा बढी
- ‘नागरिक एप्स’को प्रयोगबाट सुशासन वृद्धि हुने प्रम ओलीको विश्वास
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- भेन्टिलेटर स्थापना गरियो तर दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेन
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- विकास आयोजनाका ठेकेदार मजदूरलाई घाटाको भागीदार बनाएर पारिश्रमिक दिंदैनन्
- राष्ट्रिय भूकम्प सुरक्षा दिवसः घटाऔँ भूकम्पको खतरा जागरुक भई
- नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता- संयुक्त आयोगको बैठक बस्दै
- मार्चसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने चिनीयाँ विशेषज्ञको चेतावनी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


