ग्यास उद्योगमा लागेको आगोको मुस्लो झन्-झन् बढ्दै, आगो अझै नियन्त्रणबाहिर

20 December, 2017 17:41 | जन सरोकार | comments | 128100 Views

वीरगन्जको सुपर ग्यास उद्योगमा बुधबार बिहान सुरु भएको आगलागी ६ घन्टा बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन। प्रहरीले घटनास्थलको एक किलोमिटर वरिपरि खाली गरेर सतर्कता अपनाएको छ।

adsads

तर, आगलागी नियन्त्रणका लागि भइरहेका प्रयासहरु निष्प्रभावी भएका छन् । आगलागी सुरु भएलगत्तै त्यहाँ पुगेको दमकलसमेत जलेपछि अग्नि नियन्त्रणमा समस्या देखिएको छ। प्रहरीले आगोको मुस्लो बढिरहेको जनाएको छ ।

संघीय प्रहरी इकाइ नारायणीका एसएसपी सूर्य उपाध्यायले थप सम्भावित दुर्घटनालाई ध्यानमा राखी घटनास्थलको एक किलोमिटर वरपर क्षेत्र खाली गरिएको जानकारी दिए। ‘आगो भीषण रुपमा लागिरहेको छ। अहिलेसम्म सिलिन्डर मात्र पड्किएको अनुमान गरेका छौं। तर, त्यहाँ तीन वटा ग्यास बुलेट पनि रहेको जानकारी पाएकाले थप दुर्घटनाको सम्भावना पनि छ। त्यसैले सुरक्षाकर्मी समेत पाँच सय मिटर दुरीमा मात्र छन्’, एसएसपी उपाध्यायले भने।

उनले नियन्त्रणका लागि अन्य प्राविधिक उपाय खोजी भइरहेको बताए। यस किसिमका आगलागीमा अग्नि नियन्त्रण विमान र फोम आदि प्रयोग हुने गरेपनि नेपालमा भने यी दुवै छैनन्। यसले गर्दा, आगो ननिभिउन्जेल घटनास्थलमा प्रवेश गर्न गाह्रो हुने प्रहरी अधिकारी बताउँछन्।

‘ग्यास उद्योगमा कति ग्यास थियो र त्यो कति बेरसम्म बल्छ भन्ने हो। तत्कालका लागि त्यो कुर्नुको विकल्प छैन,’ एसएसपी उपाध्यायले निरीहता व्यक्त गरे। प्रहरीले प्रारम्भिक अनुसन्धानमा बुलेटबाट ग्यास भर्नेक्रममा आगलागी सुरु भएको अनुमान गरेको छ।

नेपाल ग्यास उद्योग संघको  राजधानीमा पत्रकार सम्मेलन 

वीरगञ्ज महानगरपालिकाको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागीका सम्बन्धमा नेपाल ग्यास उद्योग संघले राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।

कार्यक्रममा नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुलप्रसाद शर्मा तथा निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले आगो लाग्नुको कारण तथा क्षतिका सम्बन्धनमा जानकारी दिएका थिए । उद्योगमा बिहान ६ बजेको समयमा बुलेटबाट स्ट्रोरेज् ट्यांकमा ग्यास अनलोड गर्ने क्रममा आगलागी भएको अध्यक्ष शर्माले बताए । उद्योगमा काम गर्ने ६ जना कर्मचारी र चार जना बुलेटका स्टाफ गरी १० जना थिए ।

 

आगलागीमा दुई जना कामदारको मृत्यु भएको छ भने ६ जना घाइते भएको छन् । आगलागीकै समयमा उद्योगमा रहेका चार वटा बुलेट सुरक्षित स्थानमा सारिएकोले ठूलो दुर्घटनाबाट बचेको अध्यक्ष शर्माले बताए । उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने आगलागी भएको स्थानदेखि एक किलोमिटर वरपर आउजाउ समेत बन्द गरिएको छ ।

सुरज आर्केडमा भएको आगलागी नियन्त्रणमा, एक करोडको क्षति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More