ग्राण्डी अस्पतालबाट आयो रिपोर्ट- प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य

30 October, 2019 22:49 | Homepage | comments | 84750 Views

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको ग्राण्डी अस्पतालले जनाएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार सो अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको विभिन्न परीक्षणहरु भैरहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली अस्पताल पुगेपछि उहाँको स्वास्थ्यस्थितिका बारेमा विभिन्न चर्चा चलिरहेका बेला अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरी उहाँको विभिन्न परीक्षण पश्चात आज राति वा भोलि विहान डिस्चार्ज गरिने बताएको हो ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण नियम भएको र उहाँमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेको छ ।

  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ निवास फर्कन चाहनुभएको बताउनु भयो । ‘नियमिति स्वास्थ्य परीक्षणका लागि आज बिहान ९ बजे अस्पताल पुग्नुभएको थियो । नियमित परीक्षण भइरहेको छ, चिकित्सकले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी हामीलाई दिनुभएको छ,’ प्रेस सल्लाहकार अर्यालले भन्नुभयो । ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मृगौलाको समेत परीक्षण गरिएको छ ।

बाह्र बर्षअघि प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ । केही समयअघि सिंगापुरमा प्रधानमन्त्री ओलीको मृगौलाको उपचार गरिएको थियो । सिंगापुर अस्पतालमा भदौं दोस्रो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । त्यही क्रममा दुई हप्ता प्रधानमन्त्री ओली सिंगापुरमा रहनुभएको थियो । रेनल बायोप्सीको रिपोर्टपछि प्रधानमन्त्री ओली चिकित्सकको सुझावअनुसार थप परीक्षण र उपचारका लागि सिंगापुर जानुभएको थियो ।

सिंगापुरबाट फर्केपछि एक पटक मनमोहन कार्डियोथेरासिस सेन्टरमा स्वास्थ्य परीक्षण गर्नुभएका प्रधानमन्त्री ओली त्यसपछि ग्राण्डी अस्पतालमै यसअघि नियमित परीक्षण गरिएको थियो । अहिले पनि प्रधानमन्त्रीको सोही उपचारको क्रममा आउने समस्या बुझ्न नियमित स्वास्थ्य परीक्षण गरिएको चिकित्सकहरुले बताएका छन । मृगौला प्रत्यारोपनपछि नियमित औषधि सेवनकै कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिदै आएको हो ।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्कैदेखि दैनिक १८ घण्टा काम गर्दै आउनुभएको छ । काममा धपेडी कायम राखेकै कारण अहिले समस्या आएको चिकित्सकको बुझाइ छ । चिकित्सकहरुले यसघि पनि धपेडी बढेको भन्दै अस्वभाविक रुपमा बढी काममा नखटन सुझाएका थिए । तर प्रधानमन्त्री ओलीले त्यो सुझाव बेवास्ता गरेपछि स्वास्थ्यमा केही समस्या आएको हो । धपेडी बढेपछि प्रधानमन्त्री ओलीको शरीरमा पानीको मात्रा कम अर्थात जलवियोजन (डिहाड्रेसन) भएको प्रारम्भिक रिपोर्टमा देखिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More