ग्रामी अवार्डको नोमिनेसनमा पहिलोपटक नेपाली बाँसुरीबाधक मनोज

24 November, 2019 11:47 | प्रदेश | comments | 34350 Views

बाँसुरीबाधक मनोज नेवा (मनोसे) पहिलोपटक विश्वप्रसिद्ध सांगीतिक अवार्ड ग्रामी अवार्डका लागि मनोनित भएका छन् । नेवालाई संगीतकार देव प्रेमलको भक्ति संगीत संग्रह देवको बेस्ट न्यू एज एल्बम श्रेणीका लागि मनोनित गरिएको हो ।

adsads

यो कुराको जानकारी मनोज स्वयंले फेसबुकमार्फत दिएका हुन् । २१ नोभेम्बरमा एक स्टाटस लेख्दै उनले ग्रामी अवार्डमा मनोनित भएको जानकारी दिएका हुन् । ग्रामीणको ६२ औं शृंखलामा २७ जनवरीमा हुँदैछ र अवार्ड विजेताको घोषणा गरिनेछ ।

काठमाडौं बौद्धका मनोसे बाल्यकालदेखि नै बाद्यवादनमा सरिक थिए । उनी सुकर्म ब्याण्डका संस्थापक सदस्य पनि हुन् । हुन त मनोजले दुई दशकअघि नै नेपाल छाडेका थिए ।
नेपाली तबला बाधक होमनाथ उपाध्यायका साथ पश्चिमी राष्ट्रको भ्रमणका लागि उनले १९९८ मा नेपाल छाडेका थिए ।

त्यसबेला देखि उनले २५ भन्दा बढी देशको यात्रा गरे र आफ्नो प्रतिभाको पारख गर्ने संगीतकारको खोजी गरिरहे । यस क्रममा उनल कैडोजोन कलेक्टिव, १९७४ एडी, एनी चोइंगका साथै आफ्नै समूह सुकर्ममा आबद्ध भएर बाँसुरीको सुमधुर धुन सिर्जना गरिरहे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More