ग्रीन कार्ड वितरणमा कडाइ गर्न अमेरिकामा प्रस्ताव पेश

9 February, 2017 18:50 |विश्व समाचार | comments | 30600 Views

    donald-trump-angry-reuters_650x400_61468485894

    ट्रम्प प्रशासनले अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन आवश्यक तयारी थालेको छ ।

    अमेरिकामा आप्रवासीहरुको आगमन रोक्न विशेष पहल गर्ने राष्ट्रपति डोलान्ड ट्रम्पले यसअघि नै बताइसकेका थिए ।

    adsads
    हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् ।

    सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर डेविड पेर्ड्युले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावअनुसार अमेरिकामा प्रतिवर्ष भित्रिने विदेशीको संख्यामा भारी कटौती गरिने छ ।

    यो प्रस्ताव पारित भएमा अमेरिकामा बस्दै आएका विदेशीहरु संकटमा पर्ने बताइएको छ । ग्रीन कार्ड लिने प्रक्रियामा रहेका लाखौं आप्रवासीहरु यो प्रस्तावका कारण निराश भएका छन् ।

    अमेरिकामा वार्षिक १० लाखको हाराहारीमा विदेशीहरु प्रवेश गर्ने गरेका छन् । नयाँ प्रस्तावअनुसार यसरी आउने विदेशी नागरिकको दर वार्षिक ५ लाखको हाराहारीमा सीमित गर्ने योजना छ । उक्त प्रस्तावलाई ट्रम्प प्रशासनले समर्थन गरेको छ । संसदको दुबै सदनमा सत्तारुढ दलकै पकड बलियो रहेका कारण पनि प्र्रस्ताव पारित हुनेमा धेरैले विश्वास गरेका छन् ।

    प्रस्ताव पारित भएमा अमेरिकामा ग्रीन कार्डको आशमा बस्दै आएका लाखौंले अमेरिका छाड्नुपर्ने अवस्था निम्तिन सक्छ ।

    अमेरिकामा ग्रीन कार्ड पाउनका लागि १० देखि ३५ वर्ष समय लाग्ने गर्दछ । तर प्रस्ताव पारित भएमा यो समयावधि अझ लामो हुने बताइएको छ ।

    ट्रम्पको झट्का: डिभी बन्द गर्ने प्रस्तावसहितको विधेयक संसदमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!