सोमपाल सोमपाल

  • सोमपाल
  • सोमपाल
  • सोमपाल
  • सोमपाल
  • सोमपाल
  • सोमपाल

ग्लोबल टी-२० क्रिकेट लिगमा छानिएपछि सोमपाल भन्छन्: व्यावसायिक यात्रा सुरु भयो

22 June, 2019 18:40 | खेल | comments | 10650 Views

सोमपाल

धेरै क्रिकेटप्रेमीको अनुमान थियो, सन्दीप लामिछानेपछि अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेटमा बिक्नसक्ने नेपाली खेलाडी सोमपाल कामी हुनेछन्।कामी नेपाली क्रिकेटमा एकनास स्तरीय प्रदर्शन गर्दै आफूलाई अब्बल खेलाडी साबित गर्दै आएका छन्।

adsads

बिहीवार भएको क्यानडाको ग्लोबल टी-२० क्रिकेट लिगमा विनिपेग हक्सले छनोट गरेपछि कामी अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट खेल्ने लामिछानेपछि दोस्रो नेपाली खेलाडी बनेका छन्।

कामीले भने, “पहिलो सपना राष्ट्रिय टोलीबाट खेल्नु थियो। अबको लक्ष्य सधैँ देशलाई जिताउनु हो। यो नयाँ यात्राले भने व्यावसायिक खेल जीवनलाई अगाडि बढाउँछ।”

कामीको छनोट
ग्लोबल टी-२० लिगको खेलाडी छनोटको ११औँ चरणका कामी परेका थिए। उनले आफ्नो भाउ तीन हजार डलर राखेका थिए।लिगमा प्रत्येक टोलीले पाँचजना एशोसियट देशका खेलाडी राख्नै पर्ने नियम छ। लामिछाने ६० हजार डलरमा एशोसियट खेलाडीहरूमध्ये छानिने पहिलो खेलाडी थिए।

कामीको विनिपेग हक्समा वेष्ट इन्डिजका ड्वाने ब्राभो, दक्षिण अफ्रिकाका जेपी डुमिनी र अष्ट्रेलियाका क्रिस लिन जस्ता स्टार खेलाडीहरु रहेका छन्।प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्ट १५ सम्म क्यानडामा आयोजना हुनेछ।लिगका लागि नेपालबाट १२ खेलाडीले प्रयास गरेका थिए।

आइपीएलको आशा
पहिलो पटक विदेशी लिगमा छानिनुलाई कामीले क्रिकेट जीवनको एउटा सपना पूरा भएको भने।उनले क्यानडामा विश्वका ठूला खेलाडीहरु माझ खेल्दा आफ्नो आत्मविश्वास झन बढ्ने बताएका छन्।

उनी भन्छन्, “भविष्यमा भारतको आइपीएल पनि खेल्ने आशा छ।”यसअघि क्यारेवियन लिग लगायत अन्य लिगमा प्रयास गरेपनि कामी छानिन सकेका थिएनन्।

कामीको क्रिकेट यात्रा
सन् २०१४ मा नेपाली क्रिकेटमा भविष्य खोज्दै कीर्तिपुर क्रिकेट मैदानमा पुग्दा कामी राम्ररी नेपाली भाषा बोल्न सक्ने थिएनन्।। तीब्र गतिमा बल फाल्न सक्ने उनको गजबको क्षमता भने थियो।

गुल्मी घर भएका कामीका बुबा कामको सिलसिलामा भारतको पञ्जाबमा गएपछि कामीले त्यतै क्रिकेट सिकेका थिए।नेपालका तत्कालिन प्रशिक्षक पुबुदु दशानायकेले उनको प्रतिभा मन पराए र विश्वकप छनोटमा टोलीमा समावेश गरे।त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। अहिले उनी राष्ट्रिय टोलीका प्रमुख सदस्य बनिसकेका छन्।

अविस्मरणीय खेलहरू

सन् २०१४ मा मलेसियाविरुद्धको खेलमा उनले पाँच विकेट हात पारेका थिए। बलिङ सँगसँगै ब्याटिङ पनि राम्रो गर्नु उनको खुबी हो।

हङकङविरुद्ध खेलेको टी २० अन्तर्राष्टिय खेलमा १०औं नम्बरमा ब्याटिङ गर्दै उनले ३१ बलमा ४० रन बनाएका थिए। सो स्थालमा ब्याटिङ गरेर सर्वाधिक रनको कीर्तिमान अहिले पनि उनकै नाममा छ।आइसीसीको विश्व वरीयतामा उनी टी २० अलराउन्डरमा ४०औं नम्बरमा छन्।राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक जगत टमाटाका अनुसार कामी खेल प्रति निकै ढृढ र अनुशासित खेलाडी हुन्।

टमाटा भन्छन्, “राष्ट्रिय टोलीमा उनले गरेको सुधार अन्य खेलाडी भन्दा भिन्न छन्। उनी नेपालले पाएको गिफ्टेड खेलाडी हुन्।”हालै युएई विरुद्ध खेलेको एकदिवसिय अन्तर्राष्ट्रियमा उनले पाँच विकेटको अर्को उपलब्धि हात पारेका थिए।

लामिछानेको दोस्रो सिजन

लामिछाने भने यो वर्ष टोरन्टो नेसनल्समा अनुबन्धित भए।गत सिजनमा मोन्ट्रेल टाइगर्सबाट खेलेका लामिछानेको टोलीको भारतीय राष्ट्रिय टोलीबाट भर्खरै सन्न्यास लिएका युवराज सिंह छन्।

लामिछानेले यसपटक आफूभन्दा कामी छानिएकोमा खुशी

लामिछानेले यसपटक आफूभन्दा कामी छानिएकोमा खुशी व्यक्त गरे।लामिछानेले भने, “धेरै भन्दा धेरै नेपाली खेलाडी विदेशी लिगमा छाउन् भन्ने मेरो सुरुदेखि नै चाहना हो। हामी दुई भएका छौँ। सङ्ख्या बढ्दै गए झन मज्जा आउनेछ।”

बीबीसी

कप्तान पारस र सोमपालको विश्व वरियतामा छलाङ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सोमपाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!