घट्दै गयो कोरोना संक्रमितको संख्या : बिहिबार एक सय ८ जना मात्र थपिए

9 July, 2020 21:08 | जल/वातावरण/स्वास्थ्य | comments | 22050 Views

हरेक दिन ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थपिइरहेका बेला बिहिबार यसअघिको तुलनामा निकै कम संक्रमित थपिएका छन् । बिहिबार १ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ र यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

  

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर नमूना परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेशनमा आठ हजार ६०५ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ८९१ रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More