घाँटी र पाखुरा शरीरबाट छुट्टाई बीभत्स हत्या गरिएको अवस्थामा शव फेला

17 November, 2014 15:29 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 43500 Views

रोल्पामा हत्या गरी फालिएको अवस्थामा आइतबार रोल्पाको धबाङमा एक व्यक्तिको शब फेला परेको छ । रोल्पाको धबाङ–४ स्थित ५३ वर्षीया कुलबहादुर घर्तीको बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको अवस्थामा धबाङ–३ स्थित जङ्गलमा घाँसपातमा गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका हुन् ।

घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय रोल्पामा खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका घर्ती आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More