चंकी पाण्डेको भतिजसँग डेब्यु गर्ने खुशी कपूरको चाहाना

30 April, 2019 14:06 | कला/मनोरन्जन | comments | 18900 Views

बलिउड अभिनेत्री जान्ह्वी कपूरकी कान्छी छोरी खुशी कपूर पनि फिल्ममा आउने सोच बनाएकी छिन् । हालै जाह्न्वी र उनको बहिनी खुशी कपूर नेहा धुपियाको शो ‘वोग बीएफएफ सिजन ३’ मा अतिथी बनेर पुगेका बेला खुशीले बलिउडमा डेब्युलाई लिएर खुलेर कुरा राखिन ।

adsads

खुशीले भनिन्, ‘मैले कहिले बलिउडमा डेब्यु गर्छु भनेर मान्छेहरुले कुरा गर्दा निकै मज्जा लाग्छ । म अहिले स्कूलमा पढ्दैछु । फिल्म लाइनमा आउने त सोचेको छु । तर अहिले होइन ।’

शोकी प्रस्तोता नेहा धूपियाले खुशीलाई तीन अप्शन दिँदै सोधिन्, कोसँग बलिउड डेब्यू गर्न चाहन्छौ ? शाहरुख खानको छोरा आर्यन खान, चंकी पाण्डेको भतिज अहान पाण्डे वा जावेद जाफरीको छोरा मिजान जाफरी ।

खुशीले यी मध्ये अहान पाण्डेको नाम चुनिन् । उनले भनिन्, ‘मैले यी तीन मध्ये अहानलाई मात्र अभिनय गर्दै गरेको देखेको छु त्यसैले मलाई लाग्छ अहान नै ठिक हुन्छ ।’

जान्ह्वीले खुशीको डेब्यूको लागि मिजान जाफरीलाई चुनिन् । खुशी बलिउडमा कहिले डेब्यु गर्छिन भन्ने प्रश्नमा खुशिले न्यूर्याक फिल्म एकेडमीमा एक्टिङको ट्रेनिङ्ग लिएपछि मात्र बलिउडमा डेब्यु गर्ने बताइन् ।

जान्ह्वीले भने फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम ओली

फेसबुक

प्रम ओली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!