नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

चट्याङबाट ज्यान गुमाएकाका परिवारलाई एक लाख राहत

6 May, 2019 10:00 | जन सरोकार | comments | 12000 Views

गत वैशाख २ गते राति परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं ४ हलहलेकी २२ वर्षीया तारादेवी पुनको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु एक लाख राहत दिएको हो ।

adsads

वैशाख २ गते सोमबार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । पीडितका परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिकोतर्फबाट आज राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललेपीडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान् प्रेम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गर्नुभयो । उहाँले पीडित परिवारलाई काजकिरियालगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालयअन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताउनुभयो ।

सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रक्रिया मिलाउँदा पीडित परिवारलाई झनै समस्या हुने भएकाले आफू घटनास्थलमै आएर राहत प्रदान गरिएको उहाँको भनाइ छ । मृतक पुनका तीन वर्षीय छोरा रहेका छन् भने श्रीमान् र सासूआमा घरमा रहेका छन् । आर्थिकरुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठूलो सङ्कट परेको छ । घरमै आएर सरकारले राहत दिएको भन्दै पीडित परिवारका सदस्यले खुशी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।

बेमौसमी वर्षा र असिनाले ठूलो क्षति, सांसदद्वारा राहत माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!