चट्याङबाट बच्न सकिन्छ केही सामान्य कुराहरुमा ध्यान दिए

8 April, 2019 01:32 | जल/वातावरण/स्वास्थ्य | comments | 44700 Views

विपत्ति टार्न सकिन्न तर हामीले अलिकति सावधानी अपनाउने हो भने यसबाट हुने क्षति भने कम गर्न सकिन्छ । भुकम्प, हुरीबतास, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट बच्न केही आधारभूत नियमहरु पालना गरे पुग्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको चट्याङबाट कसरी बच्ने भन्ने हो । नेपालमा हरेक वर्ष चट्याङले दर्जनौंको ज्यान जाने गरेको छ । त्यस्तै भौतिक क्षति पनि प्रशस्तै हुने गरेको छ । यस्तोमा केही सामान्य कुराहरुको पालना गरे चट्याङबाट बच्न सकिन्छ ।

चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

  

चट्याङ पर्न थालेपछि पौडी खेल्ने, माछा मार्ने, र्‍याफ्टिङ गर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने तथा फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ ।

यस्तै घरभित्र हुँदा पनि तारसहितको टेलिफोटन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।

केन्द्रका अनुसार टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग गरेपछि बन्द गरेर विद्युत प्लगबाट छुटाएर राखे राख्दा चट्याङबाट हुने क्षति कम हुन्छ । त्यसै गरी धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने आदि काम नगर्ने । नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

यो त भयो घरभित्रको कुरा अब घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–अग्लो रु्खको ओत नलाग्ने, साना रुखका बीचमा बस्ने, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्ने, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्नु पर्दछ ।

त्यसै गरी केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्न पनि केन्द्रले सबैसँग आग्रह गरेको छ ।

यी कुराहरुमा ध्यान दिने हो भने चट्याङबाट बच्न सकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More