“चन्दाका भरमा रंगशाला नबन्नसक्छ सरकारले सघाउँछ”

12 June, 2019 17:41 | राजनीति | comments | 23550 Views

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुर्मुस सुन्तली फाण्डेशनले चितवनको भरतपुरमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

पछिल्लो समय नेकपाका स्थानीय नेताले रंगशाला निर्माणस्थलको बार भत्काएपछि विवादित बनेको सो योजनामा सरकारले सघाउने र सरकारको आधार तयार गरिएको उहाँले बताउनुभएको छ ।

adsads

भरतपुरमा बुधबार आयोजित साक्षात्कारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।”

गत जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार भत्काइएपछि यसको व्यापक बिरोध भएको थियो र बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छाडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैँ निर्माण गर्ने वाचा गरेका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।

रंगशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर पत्रकार सम्मेलन गरी उक्त फाउन्डेसनलाई काम यथावत् सञ्चालन गर्न आग्रह गर्दैयसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको जनाएका थिए ।

त्यसपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले स्थानीयवासीको माग सम्बोधन भएको भन्दै यो आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दै काम तत्काल सुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताउनुभएको थियो ।

रंगशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताउँदै जिल्लाका विभिन्न स्थानीय तह र संघ–संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम संकलनका लागि काम अघि बढाउने तयारीमा रहेको बताउनुभएको छ ।

यता स्थानीय राजनीतिक दलका नेताहरुले पनि काम अघि बढाउन आग्रह गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारले फाउन्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले रोकिएको रंगशाला निर्माणको काम अघि बढाउन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

तीन अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो रंगशालाको शिलान्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमिन रंगशालाका निर्माणका लागि उपलब्ध गराइएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण स्थगित(विज्ञप्ति सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

फेसबुक

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!