चर्चित अभिनेता दीपक क्षेत्रीको निधन (भिडियोसहित)

14 December, 2019 22:51 | कला/मनोरन्जन , कलिउड | comments | 50400 Views

लामो समयदेखि घाँटीको समस्याबाट पीडित अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका कुशल कलाकार ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको हो ।

अभिनेता क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएका थिए । महानगरीय प्रहरी वृत्त कमल पोखरीले दिएको जानकारी अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए ।

  

क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको प्रहरी वृत्त कमल पोखरीले जनाएको छ । मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ । कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ ।

आधा दशकअघिदेखि आवाज बस्ने समस्याबाट पीडित क्षेत्रीले उपचारका लागि निकै हारगुहार गरेका थिए । आफ्नो प्रारम्भिक परीक्षणपछि क्यान्सरको आशंका गरिएका क्षेत्रीको उपचारमा विदेशमा बस्ने नेपालीहरुले सहयोगी हात अघि बढाएका थिए । क्षेत्रीले आफ्नो उपचारका लागि सरकारी निकायसंग हारगुहार गर्दा हैरान भएका थिए ।

रोगले च्याप्दै गरेको अवस्थामा उनले आफ्नो रोग, उपचारको पहल र सहयोगको याचनासहित भिजन एचडीसंगको कुराकानीमा यसो भनेका थिए-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More