चर्चित लोकगायक बद्री पंगेनीलाई पितृशोक

3 February, 2020 21:39 | कला/मनोरन्जन , कलिउड | comments | 33300 Views

चर्चित लोकगायक बद्री पंगेनीनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो ।

काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटामै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ ।

  

उहाँका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More