आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधिआर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि
  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि
  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि
  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि
  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि
  • आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

चर्च ब्बाइज काठमाडौँलाई पराजित गर्दै आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

12 November, 2019 11:30 |खेल | comments | 3750 Views

    आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

    झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो ।

    adsads

    आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

    प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने बनेका छन् ।

    विजेता आर्मीले नगद रू १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद रु छ लाख २५ हजार पुरस्कार पाएका छन् । विजेता तथा उपविजेतालाई प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभयो । भारतका दुई टोलीसहित १० टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

    ‘खेलकूद प्रदेश सरकारको प्राथमिकतामा’

    प्रदेश नं– १ का मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । सो गोल्डकपको समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रमा युवाको आकर्षण बढ्दै गएकाले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताउनुभयो ।

    “खेलकूदका लागि प्रदेश नं १ उर्वरभूमि हो, खेलप्रति युवाको लगाव र आकर्षण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा खेलकूदलाई विशेष प्राथमिकता दिएको छ ।” हरेक क्षेत्रको समुचित विकासले मात्र समृद्धि हासिल हुने बताउँदै उहाँले खेलकूद पनि समृद्धिको मुख्य पाटोका रुपमा रहेको औँल्याउनुभयो ।

    झापा ११ लाई पराजित गर्दै आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More