चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलि सभा

28 December, 2019 12:32 | कला/मनोरन्जन , कलिउड | comments | 25950 Views

चलचित्र विकास बोर्डका दिवङ्गत अध्यक्ष केशव भट्टराईको तेह्रौं दिनको पुण्य तिथिमा बोर्डले शुक्रबार श्रद्धाञ्जलि सभाको आयोजना गर्‍यो । सभामा कलाकारका विभिन्न पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिले भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रले ठूलो क्षति भोग्नुपरेको धारणा व्यक्त गर्नुभएको थियो ।

ads ads

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका सहसंयोजक सरल सहयात्री, चलचित्रकर्मी सङ्घका अध्यक्ष दिनेश डिसी, निर्माता सङ्का अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, प्राविधिक सङ्घका पुष्कर लामा, निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राना, नृत्य सङ्घका संस्थापक अध्यक्ष राजु शाह, द्वन्द्व कलाकार सङ्का अध्यक्ष सूर्य थोकर लगायतले भट्टराईका अधुरा सपना पूरा गर्नका लागि आफूहरू दत्तचित्तका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भट्टराईको मङ्सिर २९ गते राति हृदयातका कारण ५३ वर्षको उमेर निधन भएको थियो । उहाँका श्रीमती र एक छोरा छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More