चाँगुनारायण मन्दिर जीर्णोद्धार सम्पन्न : दर्शनार्थीका लागि खुल्ला

21 September, 2018 23:01 |कर्पोरेट/पर्यटन | comments | 9300 Views

    विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाको सबैभन्दा पुरानो सम्पदा मध्येमा पर्ने चाँगुनारायण मूल मन्दिर जीर्णोद्धार सम्पन्न भएको छ । २ वर्ष मा जीर्णोद्वार सम्पन्न पाँचौ सताब्दीमा निर्मित मन्दिरको शुक्रबार क्षमापूजा गरिएको छ ।

    adsads

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी क्षमापुजामा सहभागी भई प्रसाद ग्रहणसंगै भक्तजन तथा पर्यटकका लागि खुल्ला गरिएको छ ।

    यससंगै त्यहाँ रहेका छिन्नमस्ता सरास्वती किलेश्वर महादेव मन्दिर निर्माण सम्पन्न भएका छन् ।

    कार्यक्रममा मन्त्री अधिकारीले ऐतिहासिक गौरब बोकेको मन्दिर आफू संसदको विकास समितिमा रहँदा स्थलगत अनुगमनपछि बजेटको ब्यबस्थापन कार्य आफैले अगाडी बढाएको र आज निर्माण सम्पन्न भएको जानकारी गराउन पाउदा खुशी लागेको बताउनु भयो ।

    मन्त्री अधिकारीले अब यी सम्पदाको सरक्षण र उपयोग स्थानीय सरकारले गर्न अनुरोध गर्दै निर्माण सम्पन्न हुन् बाँकी सम्पदा बोलपत्र स्वीकृत भएसंगै समयमै निर्माण सम्पन्न हुने विश्वास लिएको बताउनुभयो ।

    आगन्तुक पर्यटक तथा दर्शनार्थीको सुचनाको लागि एेतिहासिक जानकारीका सहितको सूचना बोर्ड निर्माण आवश्यक रहेको र उक्त कुरामा ध्यान दिन स्थानीय प्रतिनिधिलाई मन्त्री अधिकारेले बताउनु भयो ।

    २०७२ बैशाखमा गएको विनासकारी भूकम्पले क्षतिग्रस्त भक्तपुर स्थित चाँगुनारायण मन्दिर सन् १९७९मा विश्व सम्पदा स्थलमा सूचीकृत भएको हो ।

    ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं सास्कृतिक महत्वको चाँगुनारायण मूल मन्दिर सगै किलेश्वर महादेवको जीर्णोद्धार सम्पन्न भएको छ । ८० लाखको लागतमा चाँगुनारायण मन्दिर जीर्णोद्धार सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनु भयो ।

    दाहालले बाकी निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्मी नारायण मन्दिर र संख चक्र गणेश, भिमसेन पाटी प्यालेस लगाएत चौघेरा सत्तल र आसपासका सम्पदाहरु पुनः निर्माण गर्ने कार्य संचालन गर्न बहुबर्षीय योजना अन्तर्गत बोलपत्र स्वीकृत भएको जानकारी गराउनु भयो ।

    कार्यक्रममा प्रदेश सांसद, भक्तपुर नगरपालिका मेयर, प्रमुख जिल्ला अधिकारी र स्थानीयको उपस्थिति रहेको थियो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!