चार उम्मेद्वारको एउटै स्वर- ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’

16 November, 2019 10:45 |राजनीति | comments | 6000 Views

    कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले भ्रष्टाचारका विरुद्ध आफूहरूको शून्य सहनशीलता रहने प्रतिबद्धता जनाएका छन् ।

    शुक्रबार नेपाल पत्रकार महासङ्घको आयोजना गरेको ‘प्रतिनिधिसभा उपनिर्वाचन उम्मेदवार संवाद’ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ र साझा पार्टीकी उम्मेदवार रजनी केसीले विधि, कानूनको पालना गर्ने र भ्रष्टाचारबाट टाढा रहने भनाइ राखेका हुन् ।

    adsads

    नेकपा उम्मेदवार विद्या भट्टराईले गलत आचरण र व्यवहार भ्रष्टाचार र आफ्नो जीवन खुला किताब जस्तै रहेको बताउँदै कानून बाहेकका व्यवहार नगर्ने स्पष्ट पार्नुभयो । विगतको पृष्ठभूमि र आजको परिस्थतिका कारणले आफू निर्वाचनमा होमिएको बताउँदै उहाँले लोकतन्त्रलाई मजबुत बनाउँदै जनताप्रति उत्तरदायी बन्दै जाने बताउनुभयो ।

    भट्टराईले नेपालको संविधान, ऐन, नियम र कानुनअनुसार चल्ने, भ्रष्टाचार र गलत बाटोमा नहिँड्ने प्रतिवद्धता गर्दै रवीन्द्र अधिकारीको निधनले भएको पीडाबाट माथि उठ्दै उम्मेदवार बनेको र ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि आफूलाई अगाडि बढाउनुपर्छ भन्ने सोच विकास गरेको बताउनुभयो ।

    उहाँको प्रतिबद्धता थियो भोलिका दिनमा विद्या भट्टराई आचार उल्लंघन गर्ने छैन, संविधान कानुन र ऐनलाई मिच्ने छैन । नेतालाई आयब्याय सार्वजनिक नगर्ने, नियम कानुन मिच्ने जस्ता आरोप नेतालाई लाग्ने गरेको छ । तर आफ्नो जीवन खुला किताब भएकाले जसले पनि अध्ययन गर्न सक्ने बताउनुभयो ।

    काङ्ग्रेस उम्मेदवार खेमराज पौडेलले आत्म विकास र स्वार्थमा पदको प्रयोग गर्नु भ्रष्टाचार भएको चर्चा गर्दै राजनीतिक व्यक्ति भ्रष्टाचारबाट मुक्त हुँदा मात्र प्रशासनलगायतका अन्य क्षेत्रको अनियमितता रोकिने बताउनुभयो । पौडेलले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू उम्मेदवार बनेको चर्चा गर्दै जनताको राजनीतिप्रतिको वितृष्णा हटाउन र जनतामा गरेको प्रतिबद्धता पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

    समाजवादीका उम्मेदवार धर्मराज गुरुङले विसं २०४७ यता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभयो । आफू कहिल्यै पनि कसैको प्रलोभनमा नपरी जनताको सेवामा लाग्ने भनाइ उहाँको थियो ।

    साझाका उम्मेदवार रजनी केसीले नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारले सुशासनलाई अवरोध गरेको भनाइ राख्नुभयो । महासङ्घका महासचिव रमेश विष्टले निर्वाचनमा होमिएका उम्मेदवारका प्रतिबद्धतालाई एकै थलोबाट जनतामा पु¥याउने उद्देश्यसहित पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    उपचुनावका लागि ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More