चार महिनाको वैदेशिक व्यापार : चार खर्बको आयात हुँदा ४० अर्बको निर्यात

25 November, 2020 18:19 | अर्थ | comments | 20850 Views

मुलुकको वैदेशिक व्यापार चरम घाटामा रहेका बेला चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा चार खर्बभन्दा बढीको आयात हुँदा ४० अर्ब बराबरको निर्यात भएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत आयात घटेको छ भने १० प्रतिशत नै निर्यात बढेको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसै गरी चार महिनाको अवधिमा रु ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

  

तथ्याङ्क अनुसार चार महिनाको अवधिमा रु चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु तीन खर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा रु चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More