राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

5 May, 2019 12:15 | पत्रपत्रिका | comments | 52500 Views

कर्मचारीको तलब सीधै खातामा हाल्नुपर्ने ऐनको व्यवस्था

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो ।

adsads

जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’

नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ ।

संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ ।

सवारीसाधन व्यवस्थापन शाखा प्रमुखको झुट चालकले खोलिदिए
संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन् । अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ । ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने । तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए । दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्‍याएर आएँ ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन ।

संसद् सचिवालयका प्रवक्ता भन्छन्– अब राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेपछि स्वकीय कर्मचारीकै नाममा तलब जान्छ
संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधाको कारोबार एभरेष्ट बैंकबाट हुँदै आएको छ । तिमिल्सिनाले आफ्ना सचिवालयका चार कर्मचारीको तलब आफ्नै खातामा जम्मा गरिदिन सचिवालयलाई निर्देशन दिएकाले हालसम्म सच्याउने कुनै प्रक्रिया नरहेको सचिवालय स्रोतले जनायो । तर, अब सबैको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिने सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

‘निजी बैंकमा कारोबार भएको भनेर मिडियामा आएपछि संसद्को व्यवस्थापन बोर्डबाट नै राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने र त्यहीँबाट कारोबार गर्ने भन्ने निर्णय भएको छ । अब अध्यक्षज्यूको पनि स्वकीय सचिवालयका सबै कर्मचारीको बैंक खाता खोलिन्छ,’ प्रवक्ता पाण्डेले भने ।

ऐनमा यस्तो व्यवस्था
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार स्वकीय सचिवालयका कर्मचारीकै नामको बैंक खातामा पारिश्रमिक जम्मा गरिदिनुपर्छ । ‘स्वकीय सचिवालयका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ,’ ऐनमा भनिएको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीको पिएले आफ्नै बैंक खातामा पारिश्रमिक पाउनुपर्ने व्यवस्था भए पनि संघीय संसद् प्रारम्भ भएको १० महिनासम्म पनि सांसदका पिएको तलब सांसदहरूकै खातामा जाने गरेको थियो । यसबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भइसकेपछि संसद् सचिवालयले ऐनको व्यवस्था गत पुसदेखि कार्यान्वयन गरेको हो । हालसम्म सबै सांसदहरूले आफ्नो पिएको खाता नम्बर बुझाइसकेको संघीय संसद् सचिवालयले जनाएको छ । तर, अध्यक्ष तिमिल्सिनाको स्वकीय सचिवालयका चारजना कर्मचारीको तलब भने अध्यक्षकै खातामा गइरहेको हो ।

नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालय भन्छ– घरमा खाना पकाउन बस्नेको नागरिकता नै छैन, चालक परिवर्तन भइरहन्छन्, त्यसैले खाता खोलिएन

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन तथा अन्य सहयोग गर्न राखिएका कार्यालय सहयोगीको नागरिकता नभएकाले खाता खोल्न नसकिएको जनाएको छ । सवारीचालकसमेत परिवर्तन भइरहने भएकाले बैंक खाता नखोलिएको सचिवालयको दाबी छ । ‘कार्यालय सहयोगी दीनदुःखीलाई राख्नुभएको छ । उहाँहरूको नागरिकता नभएको समस्याले उहाँहरूको खाता खोल्न सकिएन । सवारीचालक पनि परिवर्तन भइरहने भएकाले उहाँहरूको पनि खाता बुझाउन नसकिएको हो,’ अध्यक्षका निजी सचिव उद्वीर नेपालीले भने ।

सभामुख पनि चालकमा दोहोरो सुविधा लिँदै
सभामुख कृष्णबहादुर महराले निजी चालक राखेका छन् । तर, आवश्यक पर्दा सचिवालयका चालकले पनि चलाउने गरेका छन् । ‘सभामुखज्यूले आफ्नै निजी सवारीचालक राख्नुभएको छ । उनीहरूको नाम मलाई थाहा छैन । वेलावेला सचिवालयका रामनारायण महर्जन, रमेश भट्ट र सानुकाजी महर्जनले पनि चलाइरहेका हुन्छन्,’ स्रोतले भन्यो । तर, सभामुख महराले भने निजी सवारीचालकको मासिक तलब उनीहरूकै खातामा जाने व्यवस्था गरेका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले भने निजी सवारीचालक नै प्रयोग गर्दै आएको सचिवालय स्रोतले बतायो ।

अध्यक्षको सचिवालय भन्छ– घरमा खाना पकाउन बस्नेको नागरिकता नै छैन, चालक परिवर्तन भइरहन्छन्, त्यसैले खाता खोलिएन
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन तथा अन्य सहयोग गर्न राखिएका कार्यालय सहयोगीको नागरिकता नभएकाले खाता खोल्न नसकिएको जनाएको छ । सवारीचालकसमेत परिवर्तन भइरहने सचिवालयको भनाइ छ । ‘कार्यालय सहयोगी दीनदुःखीलाई राख्नुभएको छ । उहाँहरूको नागरिकता नभएकाले खाता खोल्न सकिएन । सवारीचालक पनि परिवर्तन भइरहने भएकाले खाता नम्बर बुझाउन सकिएन,’ अध्यक्षका निजी सचिव उद्वीर नेपालीले भने ।

संसद् सचिवालयका प्रवक्ता भन्छन्– अब राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेपछि स्वकीय कर्मचारीकै नाममा तलब जान्छ
संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधाको कारोबार एभरेस्ट बैंकबाट हुँदै आएको छ । अध्यक्ष तिमिल्सिनाले आफ्ना सचिवालयका चार कर्मचारीको तलब आफ्नै खातामा जम्मा गरिदिन सचिवालयलाई निर्देशन दिएकाले हालसम्म सच्याउने कुनै प्रक्रिया नरहेको सचिवालय स्रोतले जनायो । तर, अब सबैको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिने सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । ‘संसद्को व्यवस्थापन बोर्डबाट नै राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने र त्यहीँबाट कारोबार गर्ने भन्ने निर्णय भएको छ । अब अध्यक्षज्यूको पनि स्वकीय सचिवालयका सबै कर्मचारीको बैंक खाता खोलिन्छ,’ प्रवक्ता पाण्डेले भने ।

आजको नयाँ पत्रिकामा खबर छ ।

भूकम्पपीडितको पैसामा विदेश सयर गर्ने कर्मचारीको ताँती

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!