चितवनका एसपी र दुई पत्रकारबिरुद्ध जाहेरी दिन निकिता पौडेल टेकुमा

21 August, 2019 17:32 | जन सरोकार | comments | 20850 Views

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले तीनजनाबिरुद्ध भिडियो कीर्ते गरेको उजुरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिने त्यहाँ पुगेकी हुन् ।

ads ads

निकिता पौडेलका वकिल अधिवक्ता राजेन्द्र सेढाईले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको जानकारी दिनुभएको छ । यो समाचार तयार पार्दासम्म उजुरी भने दर्ता हुन सकेको छैन ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले उजुरी दर्ता गर्न आएको र सो विषयमा मुद्दा शाखाले हेर्दै गरेको बताउनुभएको छ ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।

अन्ततः रवि र निकिताले गरे कोर्ट म्यारिज, पूर्व पत्नीले दिईन बधाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More