चितवनका बालबालिकाले यसरी गिज्याए विश्वका अर्बपतिलाई (भिडियोसहित)

22 May, 2019 19:54 | जन सरोकार | comments | 18750 Views

हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । उनीहरुको यस महान कार्यका लागि देश विदेशबाट सहयोग जुटिरहेको छ ।

adsads

सहयोग जुट्ने र जुटाउने क्रममा केही दिन अघि चितवनकी एकजना बालिकाले आफ्नो खुत्रुके फुटाएर धुर्मुस-सुन्तली फाण्डेशनलाई जुन रकम दिइन त्यसले भने नेपालका पूँजीपति वा धनाढ्यहरुलाई गिज्याएको छ । ती बालिका जस्तै अन्य कैयौंले आफ्नो खुत्रुके फुटाएर रकम सहयोग गरे ।

भरतपुर महानगरपालिका ११ मा रहेको ज्ञानदर्शन स्कुलमा कक्षा ४ मा पढ्ने सेजल ढकालले आफ्नो खुत्रुकेमा जम्मा भएको १५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलाई हस्तान्तरण गरेपछि त्यो मनछुने दृश्यले सबैको आँखा रसाएका थिए ।

हेरौं यो भिडियो

बालबालिकाले गरेको त्यो सहयोग रकम अंकमा सानो भए पनि सन्देश भने खर्बौंको गएको छ । सरकारले चाहे त्यस्ता थुप्रै रंगशाला बनाउन सक्छ अनि अर्बपतिहरुले चाहे पनि व्यावसायिक रुपमा नै रंगशाला बनाउन सक्छन् तर उनीहरु यी सबै काम गर्न चाहँदैनन् ।

यति मात्र हैन धुर्मुस सुन्तली जस्ताको अभियानमा केही लाख रुपैयाँ दिन समेत उनीहरुलाई जाँगर चल्दैन । यिनीहरुका लागि सानासाना बालबालिकाले गरेको यो सहयोगले केही सन्देश पाए कि ?

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!